सहायक बन अधिकृतको शव परिवारलाई बुझाईयो

तुलसीपुर, १ पुस ।

रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको मृत्यु भएको छ । उनको शव आज परिवारले बुझेका छन् ।

रुकुमबाट तुलसीपुर आउँदै गर्दा साहको सोमबार बेलुकी साढे ६ बजेतिर बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

जनकपुर निवासी ५२ बर्षीय साह मंसिर २१ गते सरुवा भएर रुकुम पूर्वमा हाजिर भएका थिए ।

प्रेसरका बिरामी साहलाई रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी लाग्ने समस्या देखिएको थियो । रुकुम पुर्वकै मेडिकलमा चेकजाँच गराएका थिए तर स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले उनलाई राम्रो अस्पतालमा उपचारका लागि सल्लाह दिए पछि उनी उपचारका लागि दाङ तर्फ आउदै थिए ।

सहायक वन अधिकृत साहको मृत्यु मंसिर २९ गते भएको थियो । साथै उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर