प्रचण्ड–माधवलाई अपमान भएपछि पार्टीमा यो अबस्था आयो : रेखा शर्मा

तुलसीपुर, १२ पुस ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य रेखा शर्माले प्रचण्ड–माधवलाई पार्टी तथा सरकारबाट अपमान गरेपछि अहिलेको यो अबस्थाको सिजर्ना भएको बताएकी छिन् । प्रचण्ड–माधव समूह निकट शर्माले आईतबार घोराहीमा भएको नेकपा दाङको चौथो पूर्ण बैठकमा यस्तो बताईन् । पार्टीको विधी, विधान, नीति, सिद्धान्त नमानने, पार्टीको बैठकमा पनि सहभागी नहुँने प्रधानमन्त्रीको शैलीले पनि अहिलेको अबस्था निम्त्याएको उनले बताईन् ।

उनले नेकपा ओली समूहको दाङको भेला विहान पार्टी कार्यालयमा नै भएको भन्दै त्यो भेलामा सहभागि भएकाजति सबैलाई जिल्ला कमिटि भनेर सफत खुवाएको भन्दै यो भन्दा लज्जास्पद केही पनि नहुँने उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर