दाङको तुलसीपुरमा सिसी क्यामेरा फुटेजबाट चोर समातिए
माघ २, तुलसीपुर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ वरुवागाउँको एक पुस्तक पसलमा बिहिवार राती चोरी भएको घटना बारे सिसि क्यामेराको फुटेजबाट पत्ता लागेको छ । शुक्रवार बिहान पसल खोल्न आएका सञ्चालकले पसलबाट सामान चोरि भएको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले पसलमा राखेको सिसि क्यामेराबाट चोरको बारेमा अनुसन्धान गदै जादा पसलका सामानहरु अरनीको मैदानको एक कुनामा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
पसलको सिसि क्यामेरा र तुलसीपुर उपमहानगरपालिकाले बजारमा राखेको सिसि क्यामेराको फुटेजबाट घटनामा पत्ता लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटना भएको केही घण्टामै प्रहरीले चोर र चोरी गरेर राखेको सामान पत्ता लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंहले जानकारी दिए । तुलसीपुरलाई सुरक्षित नगरका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँमा २० वटा क्यामेरा जडान गरेको छ ।