कोभिड र इन्फुलुञ्जा सम्बन्धि अभिमुखीकरण

दिप्तीशिखा चौधरी

दंगीशरण, १७ फागुन ।

कोभिड १९ विरुद्धको खोप अभियान अन्र्तगत पालिका स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम आज सोमबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । “स्वास्थ्य समृद्धि र सुरक्षा,कोभिड १९ ले गर्छ रक्षा” भन्ने मुल नारा रहेको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँका डा. कृष्ण घर्तीले कोभिड १९ श्वास बाट सर्ने , कहिले काहीँ खानाबाट सरेर झाडापखाला लाग्ने ,मुटु रोगिलाइ धेरै असर गर्ने ,संक्रमण भए पछि रोगका चिन्ह, लक्षणहरुका विषयमा जानकारी गरा ए ।

सामान्य चिन्ह लक्षणहरु गम्भीर असर तथा कडा जटिलता, कोभिड १९ रोगको पहिचान र निदान स्वाब लिने ,बच्ने उपाय, कोभिड १९ रोग विरुद्ध को अन्य खोप १४ दिन पछि मात्र लगाउँने, कोभिसिल्ड खोप दिदा सावधानी अपनाउनुपर्ने अवस्थाहरु, कोभिसिल्ड खोप दिन नहुने अवस्थामा गम्भीर एलर्जि भएकोमा, गर्भवति महिलालाई , १८ बर्ष मुनिकालाइ, कुनै कारणले गम्भीर विरामि भएमा, कोभिड सकृय संक्रमण भएको अवस्थामा दिन नहुने जानकारी दिए । खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाहरुमा कमजोरि हुने, थकाइ लाग्ने, ज्वरो आउन,े वाकवाकि लाग्ने, जाडो महशुस हुने, कोभिड १९ को खोप अभियानको औचित्यका बारेमा जानकारी दिए ।

जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष को समन्वयमा वडा खोप समन्वय समिति गठन गर्ने र गाउँपालिकाको वडा अन्र्तगत नागरीकहरुको सहजतालाई मध्यनजर गर्दै १ न. वडामा फुर्केसल्ली , २ न. वडामा कोवाघारि, सरुवाडाडा, ३ न. वडामा रावतगाउँ ५ न. वडामा खल्वाचिस, सलोरा , ६ न. वडामा परसड्वा ७ न. वडामा सिम्ठानामा गाउँ घर क्लिनिक संचालन गर्न सकिने लगाएतका विषयमा छलफल भएको थियो ।

यसैबिच नेपाल सरकारको ससर्त कार्यक्रम अन्र्तगत पशुपंक्षि आदिबाट हुने इन्फुलुञ्जा, वर्डफ्लु ,लगाएत विभिन्न सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण , सचेतना कार्यक्रम दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँका डा. कृष्ण घर्तीले इन्फुलुञ्जा कोभिड जस्तो भाइरस भएको , पशुपंक्षिबाट सर्ने रोग हो , लक्षण स्वासप्रस्वास मा समस्या , भ्याक्सिन बाट बचाउने रोग हो, ज्वरो आउने, खोकि लाग्ने, श्वास फेर्न गाह्रो हुन, बच्ने उपाय लगाएतका विषयमा जानकारी गराए । समापनका अवसरमा अध्यक्ष भागिराम चौधरिले यस्ता प्रकारका भाईरस सम्बन्धि रोगहरु रोकथाम गर्नका लागि प्रचार प्रसार नै प्रमुख कुरा रहेको बताए ।

कुन समयमा यस्ता प्रकारका भाईरसहरुले आक्रमण गर्छन भन्ने कुराको पुर्वजानकारी नहुनाले नै नागरीकहरुलाई सचेत गराउँन स्वास्थ्यकर्मीहरुको हात रहेको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा वडा न. १ का अध्यक्ष श्रीप्रशाद चौधरी, वडा न. ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरी, ४ न. का नेव बहादुर कवँर, ५ का दिपक गौतम, ६ का टंक बहादुर वली, ईलाका स्वास्थ्य चौकि हेकुलीका प्रमुख टेक बहादुर खत्री, गोल्टाकुरी स्वास्थ्य चौकि प्रमुख राजेन्द्र हमाल, लगाएत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर