तुलसीपुरमा २८ बर्षिय युवकाे निधन

तुलसीपुर, १४ बैशाख ।
गएराती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक युवकको मृत्यु भएको छ ।
दुइ/तिन दिनदेखि ज्वरो आएका तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निबासी २८ बर्षका युवकलाई स्वासप्रस्वासमा समस्या देखिएपछि गएराति नै अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा राती १२ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।