दाङका पत्रकार लक्ष्मण बस्नेतका बाबु छोराको कोरानाका कारण निधन,
![](https://www.dangtvonline.com/wp-content/uploads/2021/05/basnet-810x405.jpg)
जेठ ३, दाङ ।
दाङका पत्रकार लक्ष्मण बस्नेतका बाबुछोराको कोरानाका कारण निधन भएको छ । युनिभर्र्सल मेडिकल कलेजमा भैरहवामा उपचाररत बस्नेतको आज मृत्यु भएको हो । उनको आइसियु कक्षमा उपचार भइरहेको थियो । कोरोनाकै कारण हिजो उनको बुबा टाेप बहादुर बस्नेतको पनि निधन भएको थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य रहेका बस्नेत रेडियो हापुरेमा कार्यरत थिए । पाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत रहेका बस्नेतको निधन प्रति महासंघले दुख व्यक्त गरेको छ । पत्रकार बस्नेतको उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यले सहयोग संकलन पनि गरिएको थियो ।