पलेशाको ऐतिहासिक स्वर्ण पदक
दाङ्ग । नेपालकी पलेशा गोबर्दनले एसियन युथ पारा गेम्समा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । नेपालले सन् १९९८ को १३औँ एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेपछि नेपाली तेक्वान्दोमा पहिलो पटक एसियाली खेलकुदमा ठुलो पदक जितेको हो ।
बहराइनमा जारी प्रतियोगितामा पारा तेक्वान्दोकी पलेशाले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।फाइनलमा इरानी खेलाडी एब्रहिमी रोजालाई ६-० ले हराएर पलेशाले स्वर्ण जितेकी हुन् ।
नेपालले एक स्वर्ण सहित १ रजत र १ कास्य पदक जितेको छ ।सिर्जन घिसिङ रजत पदक जित्दा विशाल गर्वुजाले कास्य पदक जितेका छन् । ५८ केजीमुनि विशाल र ५२ केजीमुनिको तौल समूहमा सिर्जनले पदक जितका हुन्