कृष्णनगरका नगरप्रमुख शाह भाेली कांग्रेस प्रवेश गर्दै

कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह भाेली नेपाली कांग्रेसमा प्रवेश गर्ने बताउनुभएकाे छ ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह भोली आर्थात शनिबार नेपाली कांग्रेस पार्टीमा प्रबेश गर्ने जानकारी दिनुभएको छ । नगर प्रमुख शाहले आफ्नो फेशबुक वालमा लेख्दै सो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ की मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगरसभापति, क्षेत्रिय सभापति,भातृसंगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशील सदस्य ज्युहरुमा मेरो जय नेपाल अभिवादन टक्र्याउदै भोली मिती २०७८/१०/२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तक सहित देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि हृदयदेखि निमन्त्रणा गर्दछु ।
