बबईमा ब्यक्तिगत घटना दर्ता सिविर सुरु 

 दाङ २० चैत । 

दाङको बबई गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन हुने  भनिएको ब्यक्तिगत घटना दर्ता सिविर   आजदेखि सुरु भएकाे छ।  बबई गाउँपालिकाकाे सामाजिक सुरक्षा तथा पञ्जिरण शाखाकाे आयाेजनामा आज  वडा नम्बर ४ अन्तरगत हस्तनापुरमा सिविर सञ्चालन भएको सामाजिक सुरक्षा तथा पञ्जिरण शाखा प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । शिबिरमा जन्मदर्ता,मृत्युदर्ता,बिवाहादर्ता, सम्बन्ध बिच्छेद,बसाइँसराई जस्ता ब्यक्तिगत घटना दर्ता संगै  सामाजिक सुरक्षा भत्ताकाे लागि समेत आबेदन दिन सकिने बताईएकाे छ । आज देखि  ९ गते  सम्म गाउँपालिकाकाे सात वटै वडाका विभिन्न स्थानमा सिबिर सञ्चालन गरिने छ।  शिबिर वडा नम्बर ४ अन्तरगत भाेली गैरीगाउँमा  र २२ गते सुन्दरखालमा वडा नम्बर ५ अन्तरगत २०७८ चैत्र २३ गते जाैंबारी स्कुलमा,२४ गते हुरुम स्कुलमा  र २५ गते तल्लो बबरपुर स्कुलमा,वडा नम्बर १ अन्तरगत २०७८ चैत्र २७ गते भाङ्गाबारीमा,२८ गते सिमलकुना र २९ गते मलै कप्तानेमा वडा नम्बर ७ अन्तरगत २०७८ चैत्र ३० गते देउती माबि मलै,२०७९ बैसाख २ गते ढाेलपुर र ३ गते ओदालेमा,वडा नम्बर २ अन्तरगत २०७९ बैसाख ४ गते बिशाैनीडाडा,५ गते बगाले र ६ गते रातामाटामा, वडा नम्बर ३ अन्तरगत २०७९ बैसाख ४ गते घट्टेखाेला,५ गते पतेरी र ६ गते बासमा,वडा नम्बर ६ अन्तरगत २०७९ बैसाख ७ गते टिकुलीगैरा ८ गते सुनपुर र ९ गते खिलतपुरमा सञ्चालन हुनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर