समयमाता मन्दिर सतभरामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कपिलवस्तु, २५ चैत्र ।

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभरामा रहेको समयमाता पुरम मन्दिरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ l

बार्डर आउट पोष्ट भिल्मी, प्रहरी चौकी भिल्मी तथा शमशेर दल गण शिवराज पोष्टकआ सुरक्षाकर्मी द्वारा सतभरा समयमाता मन्दिरमा वृहत सरफाई कार्यक्रम सम्पन्न गरिएको छ l

मन्दिर सरसफाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मंत्री ईश्वर दयाल मिश्र तथा समाजसेवी हरूको उपस्थित रहेको मन्दिर व्यवस्थापन समितिले बताएको छ l

उक्त समयमाता पुरम मन्दिरमा दुर्गा मन्दिर, हनुमान मन्दिर,
सभाहल, धर्मशाला लगायत विभिन्न देवी देउताको मूर्ति र सागर कुण्ड रहेको छ l उक्त मन्दिर प्राचीन मन्दिर रहेको तथा उक्त क्षेत्रका श्रद्धालु हरूको आस्थाको केन्द्र बनेको वडाध्यक्ष रामरूप बढई बताउछन् l

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर