आज एभिनियर एफ.सी. (क्यामरून) र दुधौली स्पोर्ट क्लब विच प्रतिस्पर्धा हुदै ।

कोहलपुर बाँके कार्तिक १९- कोहलपुर नगरपालिका– २ तेह्र विगाहमा सञ्चालन भैरहेको मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगितामा आज (आइतबार) दिसो ३ बजे एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब सिन्धुली विच कडा प्रतिस्पर्धात्मक खेल हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिएका छन् ।
३ बजेबाट खेल सुरु हुनेछ । प्रतियोगिता कार्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौं, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको थियो ।
आठ टिम मध्य चार टिम कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढि, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल र वि.एफ.सी. चितवन क्लब चितवन प्रतियोगितामा हार ब्यहोर्दै बाहिरिएको छ ।