सेवा निवृत्त कर्मचारीको सीपको सदुपयोग: लुम्बिनी प्रदेशको नयाँ निर्णय

लुम्बिनी कात्तिक १३ – लुम्बिनी प्रदेश सरकारले अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवलाई प्रभावकारी रूपमा उपयोग गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले “अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग सम्बन्धी कार्यविधि २०८१” स्वीकृत गरेको हो। यस योजनाले प्रशासन, सुशासन र विकासका विभिन्न क्षेत्रहरूमा विशेषज्ञता सूची तयार गर्नेछ, जसमा सार्वजनिक प्रशासन, कुटनीतिक, सुरक्षा व्यवस्थापन, न्याय र कानुन, भौतिक पूर्वाधार तथा ईन्जिनियरिङ, र सामाजिक विकास समावेश छन्।

त्यसैगरी, मन्त्रिपरिषदले सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक कार्ययोजना पनि स्वीकृत गरेको छ। यो योजनामा नैतिकता, व्यावसायिकता, सार्वजनिक सेवा प्रवाह, वित्तीय सुशासन, आयोजना कार्यान्वयन, र पारदर्शिता जस्ता विषय समेटिएका छन्।

यद्यपि, जग्गा एकिकरणसम्बन्धी नियमावली २०७९ मा आवश्यक संसोधन गर्ने विषयमा सैद्धान्तिक सहमति दिइएको छ।

अर्को निर्णयअनुसार, प्रदेश सचिवहरूको जिम्मेवारी तोकिएको छ र अस्थायी दरवन्दीको स्वीकृति पनि गरिएको छ।

यसबाहेक, लुम्बिनी प्रदेश अस्पताल विकास समिति र प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ मा सुधार गर्नका लागि निर्णय गरिएको छ, जसले क्यान्सर र मिर्गौला प्रत्यारोपण जस्ता सेवाहरूलाई जिल्लामा उपलब्ध गराउनेछ।

साथै, प्रदेश खेलकुद परिषदमा १३ नयाँ सदस्यहरूको मनोनयन गरिएको छ।

यस निर्णयले अवकाश प्राप्त कर्मचारीहरूको सीपको प्रभावकारी उपयोग गर्दै प्रशासन र विकासका क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर