विकास र सुशासनको यात्रामा अघि बढिरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर ७ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न षड्यन्त्र र भ्रमलाई चिरेर आफ्नो सरकार विकास, समृद्धि र सुशासनको लक्ष्य पूरा गर्न दृढ रूपमा अघि बढिरहेको बताएका छन् ।

एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्टता व्यक्त गरे । उहाँले अराजकता र अस्थिरताको विपक्षमा रहेर, देशमा साम्प्रदायिक सद्भाव कायम गर्दै आर्थिक समृद्धि ल्याउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने कुरा पनि दोहोर्याउनुभयो। उहाँले एमालेलाई र नेपाली काँग्रेससँगको सहकार्यको माध्यमबाट देशको अधोगतिलाई माथि उठाउन काम गरिरहेको जनाउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर