रुकुमपूर्वको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा निर्वाचित

रुकुम मंसिर १७- रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको लागि आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगका अनुसार, माओवादी केन्द्रका उम्मेदवार बुढाले कुल ३,६२७ मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजय प्राप्त गर्नुभएको हो। उहाँका प्रतिस्पर्धी, नेपाली कांग्रेसका केशकुमारी तुलाचनले २,१२८ मत प्राप्त गर्नुभएको छ।

यस उपनिर्वाचनमा माओवादी केन्द्रको जितसँगै पार्टीले रुकुमपूर्वमा आफ्नो प्रभावलाई अझ मजबुत बनाएको विश्लेषण गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर