आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरू

कोहलपुर, पुष १६ – आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। प्रदेश प्रमुखको सिफारिस पछि प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गरिएको हो।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिँदै, आज दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बस्ने बताउनुभयो। बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र त्यसपछि दलका तर्फबाट शुभकामना मन्तव्य राखिने सम्भावित कार्यसूची रहेको छ।

यो हिउँदे अधिवेशनमा प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने प्रस्ताव पनि छलफलमा आउने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन भने भाद्र ३१ गते अन्त्य भएको थियो।

यस अधिवेशनमा प्रदेशको विकास, बजेट, र अन्य महत्वपूर्ण विधेयकहरूका बारेमा छलफल हुने सम्भावना छ, जसले प्रदेशको समृद्धि र प्रगतिको लागि नयाँ दिशा तय गर्न मद्दत गर्नेछ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर