कोहलपुरमा दलित महिलाको नेतृत्व विकास र सशक्तिकरणका लागि तीन दिने तालिम सुरु

कोहलपुर, पुस २६ – आजबाट कोहलपुर नगरपालिका वडा नं. १३ मा दलित महिलाहरूको नेतृत्व विकास र सशक्तिकरणको उद्देश्यले तीन दिने अभिमुखीकरण तालिमको कार्यक्रम शुरु भएको छ। संगम मिडिया हबको आयोजनामा सुरु भएको यो तालिमले महिलाको क्षमता र आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर खड्काले गर्नुभयो। उहाँले महिलाको सशक्तिकरणका लागि हरेक तहमा पहल गर्ने आवश्यकता र महत्त्वको बारेमा चर्चा गर्दै भन्नुभयो, “महिला नेतृत्वको विकासका लागि तालिम जस्ता अवसरहरू अनिवार्य छन् जसले महिलाहरुलाई आफ्ना अधिकारको पहिचान गराउने र समाजमा सकारात्मक योगदान पुर्याउने मार्गदर्शन गर्दछ ।
संगम मिडिया हबका संचालक हेमन्त विकले तालिमको उद्देश्य र महत्त्वलाई स्पष्ट गर्दै भने, “यस्ता कार्यक्रमहरूले दलित महिलाहरुलाई समाजमा आफ्नो स्थान बनाउन र सशक्त बनाउन अवसर प्रदान गर्नेछन् । यस तालिमले उनीहरूको नेतृत्व क्षमता विकासमा मद्दत गर्नेछ ।
कार्यक्रममा सहभागी गरिएका कोहलपुर नगरपालिका वडा नं. १३ की महिला सदस्य रुद्र कली विश्वकर्माले महिलाको सशक्तिकरणका लागि गरेको प्रयास र योगदानका बारेमा कुरा गर्दै, “यी तालिमहरूले महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउनेमा महत्वपूर्ण भूमिका खेल्नेछन् l
अर्की महिला सदस्य गोमा खनालले भने, “यस्ता तालिमहरूले महिलाहरुलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर दिन्छ र समाजमा प्रभावकारी भूमिका खेल्न उत्प्रेरित गर्नेछन् ।
कार्यक्रमको सहजिकरणका रूपमा उपस्थित कान्तिपुर संवाददाता रुपा गहतराजले तालिमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै भनिन्, “महिलाको सशक्तिकरण केवल व्यक्तिगत लाभका लागि नभई समग्र समाजको प्रगतिको लागि अत्यावश्यक छ ।
संगठक संस्थाले तालिमको महत्व र यसबाट महिलाहरूको नेतृत्व क्षेत्रमा हुने सकारात्मक परिवर्तनलाई उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्ने योजना रहेको जनाएको छ ।