दलित महिलाको सशक्तिकरणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष खड्काको भनाई

कोहलपुर पुस २७– कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर खड्काले दलित महिलाको सशक्तिकरणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । दलित महिलाको नेतृत्व विकास र सशक्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “हामीले दलित महिलाको अधिकार र अवसरलाई सुनिश्चित गर्नका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएका छौँ । यस प्रकारका तालिमहरूले महिला नेतृत्वलाई अझ बलियो बनाउने धारणा राखेका छन् ।
उक्त अवसरमा बोल्दै संगम मिडिया हबका संचालक हेमन्त विकले दलित महिलालाई सशक्त बनाउन सञ्चार र मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । “मिडियाले समाजमा सकारात्मक परिवर्तन ल्याउन र महिलाका अधिकारका बारेमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
तालिममा सहभागी कोहलपुर नगरपालिका वडा नं. १३ की महिला सदस्य रुद्र कली विश्वकर्माले महिलाको अधिकार र नेतृत्वको महत्त्वलाई उल्लेख गर्दै “समाजमा नेतृत्वका स्थानमा पुराना धारणाहरू परिवर्तन गर्नु आवश्यक रहेको धारण औँल्याएकी छिन् । महिलालाई मात्र भुक्तानी दिने होइन, तिनीहरूलाई नेतृत्वका स्थानमा पु¥याउनु पर्ने उनको भनाई रहेको छ ।
कार्यक्रमको सहजिकरणका रूपमा रहेकी कान्तिपुर संवाददाता रुपा गहतराजले महिलाको सशक्तिकरणका विषयमा सञ्चार र साक्षरता बढ़ाउनको लागि तालिमको महत्वको बारेमा चर्चा गर्दै “सशक्त महिलाले मात्रै समाजको विकासमा योगदान पुर्याउन सक्ने बताएकी छिन् ।
तालिममा सहभागी दलित महिलाहरूले आफ्नो अनुभव र विचारहरू उक्त तालिममा समावेश गरेका थिए । तालिमले आत्मविश्वास प्रदान गरेको उनिहरूले बताएका छन् । नेतृत्वमा आफूहरूलाई सक्षम महसुस गर्न र आफ्नो समुदायमा परिवर्तन ल्याउन सक्ने विश्वास रहेको भन्दै उनिहरुले हाम्रो अधिकारका बारेमा धेरै कुरा सिक्यौं । यसले हामीलाई हाम्रो आवाज उठाउन र समाजमा समावेशी नेतृत्वको आवश्यकता रहेको बताए ।
तालिमले दलित महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि गर्ने र उनीहरूको समाजमा योगदान पुर्याउने दृष्टिकोणलाई प्रोत्साहन गरेको छ । आगामी दिनहरूमा यस्ता तालिमहरूको आयोजना गरेर महिलाको सहभागिता र नेतृत्वको क्षेत्रमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त तालिममा स्थानीय महिला प्रतिनिधिहरू, समुदायका विभिन्न सरोकारवालाहरू र महिला अधिकारकर्मीहरूको सहभागिता थियो ।