हुस्सुका कारण कोहलपुरमा ट्रक दुर्घटना, चालक दल सकुशल

कोहलपुर माघ १५- पुर्ब पश्चिम राजमार्ग अन्तरगत कोहलपुर नगरपालिका-३ मैटहवामा मार्बल बोकेको ट्रक पल्टिएको छ ।
नेपालगन्जबाट धनगढी जाँदै गरेको ना ८ ख ६४१२ नम्बरको ट्रक सोमबार राति करिब पौने ११ बजे
पल्टिएको हो ।
दुर्घटनाबाट कुनै मानबिय क्षति भने भएको छैन ।
३ नं प्रहरी बिट मदनचोक बाँकेका अनुसार, मार्बल बोकेको ट्रक हुस्सुका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो ।
प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको ३ नं प्रहरी बिट मदनचोक बाँकेका सई कमल बहादुर केसीले जानकारी दिएका छन् ।