पाकिस्तानसँगको बढ्दो तनावका बीच भारतीय जलसेनाले युद्ध अभ्यास गर्‍यो

एजेन्सी वैशाख १४- जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच भारतीय जलसेनाले युद्ध अभ्यास गरेको छ । यस अभ्यासमा भारतीय जलसेनाको युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर दुश्मनको जहाजलाई डुबाएको बीबीसी हिन्दीले जनाएको छ ।

जलसेनाका प्रवक्ताले जहाजहरूले लामो दूरीको सटीक आक्रामक हमलाहरू प्रदान गर्न प्लेटफर्म, प्रणाली र चालक दलको तयारीलाई पुनः प्रमाणित गर्न तथा प्रदर्शन गर्न धेरै सफल एन्टी–शिप फायरिङहरू गरेको बताएका छन् ।

जलसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्वीर र भिडियो पनि सार्वजनिक गरेका छन् । उनले भारतीय जलसेना जहाँ पनि, कुनै पनि समय र कुनै पनि तरिकाले देशको हितको रक्षा गर्न तयार रहेको बताएका छन् ।

गएको मङ्गलवार पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको छ । त्यसयता दुई देशबीचको सीमा क्षेत्रमा गोली हानाहानका घटना भइरहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर