अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति खारेज


एजेन्सी जेठ ९ – अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको हो ।

सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण विश्वकै प्रतिष्ठित मानिएको विश्वविद्यालयलाई कडा कारबाही स्वरुप यो निर्णय गरिएको बीबीसीले जनाएका छन् । यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न नपाउने भएको छ ।

यस्तै एक विश्वविद्यालयबाट अर्कोमा स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्ने भएको अमेरिकी गृह सुरक्षा विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ । यो कदमले हार्भर्ड र ट्रम्प प्रशासनबीच केही महिनादेखि चलिरहेको द्वन्द्वलाई झनै चर्काएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर