सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

काठमाण्डौ जेठ ९, – सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
कारोबार भएको हप्ताको पहिलो दिन जेठ ४ गते आइतवार सुनको भाउ तोलाको एक लाख ८२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा ६ हजार दुई सय रुपैयाँले बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको थियो ।