कोहलपुरमा विकास निर्माणको सन्दर्भमा संवाद कार्यक्रम सम्पन्न

कोहलपुर, जेठ १७– नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १, बाँकेले आयोजना गरेको “विकास निर्माण सन्दर्भमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच संवाद कार्यक्रम कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण अधिकारीले जनताको विश्वास जित्न बजेटको सही सदुपयोग गर्नु पर्ने बताउँदै विकास जनताको रोजाइको हुनुपर्ने र योजनाहरू तलबाट माथि बनाइनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापति पोषण केसीले गरेका थिए । उनले पालिकास्तरमा गरिने विकासका कामहरू पार्टीको विचार र नीतिसँग मेल खानेगरी सञ्चालन गर्नु पर्ने कुरामा जोड दिएका थिए । पार्टी र सरकारबीच समन्वय नभएसम्म जनताले छुनसक्ने परिवर्तन सम्भव नहुने धाराणा राखेका थिए ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अञ्जना पाण्डेले स्थानीय सरकारलाई जवाफदेही बनाउनु पर्ने बताईन् । जनप्रतिनिधिले जनताको सेवामा इमानदार रहनुपर्ने र पार्टीले निरन्तर निगरानी राख्नुपर्ने आवश्यकता औंल्याईन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले विकासमा सबैको साथ आवश्यक हुे भन्दै जनप्रतिनिधि, पार्टी, नागरिक समाज र कर्मचारीबीच सहकार्य नभई अपेक्षित परिणाम नआउने कुरा स्पष्ट पारे ।
नगर उपप्रमुख संगीता सुवेदील योजनाको छनोटदेखि कार्यान्वयनसम्म महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै सामाजिक समावेशिता र लैङ्गिक समानताको अभ्यास नगरिकन दिगो विकास सम्भव नहुने बताएकी छिन् ।
महासमिति सदस्य लुट बहादुर खत्रीले ‘पार्टीले जनतासँगको दूरी कम गर्न संवादलाई निरन्तरता दिनु पर्ने भन्दै संगठनको जिम्मेवार नेतृत्वले नगर र वडास्तरको गतिविधिमा संलग्न हुनुपर्ने धारणा राखे ।
उपसभापति कृष्णा कार्कीले विकास योजनामा पारदर्शिता आवश्यक भएको बताए । बजेट कहाँ कसरी खर्च भइरहेको छ भन्ने जानकारी जनतासम्म पु¥याइनु पर्ने बताईन् ।

कार्यक्रममा सहभागी नेताकार्यकर्ता र जनप्रतिनिधिहरूले पालिकाको विकासका सवालमा पार्टी नेतृत्व र जनप्रतिनिधिबीच नियमित संवादको आवश्यकता औंल्याएका थिए । “राष्ट्रियता, लोकतन्त्र र समाजवाद“ भन्ने मूल नारालाई व्यवहारमा उतार्न सबैको सहकार्य अपरिहार्य हुने बताईएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर