दाङमा दुर्लभ वन्यजन्तु हुँडारको सवारी ठक्करबाट मृत्यु

दाङ, जेठ १९ — दाङको घोराही उपमहानगरपालिका–१०, दक्षिण अम्राई क्षेत्रमा दुर्लभ वन्यजन्तु हुँडार सवारी साधनको ठक्करबाट मृत फेला परेको छ। घोराही–तुलसीपुर सडकखण्डमा सोमबार बिहान भएको यो दुर्घटनामा भाले हुँडारको ज्यान गएको हो। दुर्घटनामा संलग्न सवारीसाधनको विवरण भने खुल्न सकेको छैन।

डिभिजन वन कार्यालय घोराहीका रेन्जर चक्रपाणि शर्माका अनुसार, सडक क्षेत्र वरिपरि सीसीटिभी जडान नभएकाले ठक्कर दिने गाडीको पहिचान गर्न सकिएको छैन।

शर्माले बताएअनुसार, लामो समयपछि देखिएको हुँडारको यसरी मृत्यु हुनु वन्यजन्तुको सुरक्षाका लागि चिन्ताको विषय बनेको छ। “यस्तो घटनाले दुर्लभ जनावरको सुरक्षित बासस्थानप्रति ठूलो प्रश्न खडा गर्छ,” उहाँले भन्नुभयो।

वन्यजन्तु संरक्षणको दृष्टिकोणले हुँडारलाई महत्वपूर्ण मानिन्छ, र यस्ता घटना पुन: नदोहोरिउन् भन्नका लागि उचित कदम चालिनु आवश्यक देखिन्छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर