सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

बर्दिया साउन ३ –बर्दियाको गुलरिया नगरपालिका–५, तुल्सिपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषकहरूलाई आवश्यक कृषि सामग्री वितरण गरेको छ।

सहकारीले केरा खेती गर्दै आएका कृषकहरूलाई सिँचाइका लागि २७ वटा पानीको मोटर, १,२०० केजी पाइप, ५ वटा मिनी टिलर, १२ स्थानमा पानीको बोर, ३४ वटा स्प्रे ट्याङ्की तथा ४४ हजार केरा बिरुवा वितरण गरेको हो।

सहकारीकी अध्यक्ष जितकुमारी योगीले लामो समयदेखि ग्रामीण भेगमा सहकारी सञ्चालन गर्दै आएको र कृषकहरूको उत्पादन तथा आम्दानी बढाउन यो सामग्री वितरण गरिएको जानकारी दिनुभयो।

गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले दिगोपन सहकारीले गरेको यो कार्य जिल्लाकै लागि उदाहरणीय भएको बताउनुभयो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर