वुवालाई छोरीले दिईन दागवत्ती

तुलसीपुर, २८ असोज ।

हिन्दूहरूको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने प्रचलन रहेको पाइन्छ । समाजमा अझै पनि बाबुआमाको मृत्युपश्चात छोरीले दागबत्ती दिन हुन्न भन्ने मान्यता छ ।

तर पछिलो समय छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ । त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेकी छिन्, लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी निर्मला थापा । उनले आफ्ना वुवा ५२ बर्षीय भीमबहादुर थापालाई मंगलबार दागबत्ती दिएकी हुन् ।

थापाका छोरा डिल्लीबहादुर थापा अमेरिकामा बस्दै आएकाले वुवाको अन्तिम संस्कारमा पुग्न नसकेपछि छोरीले नै दागवत्ती दिएकी हुन् ।

थापाको सोमबार दिउसो थापा आफ्नै घर नजिकको रुखबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर