शिविरबाट ६८ पशुको उपचार
तुलसीपुर, २९ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ ढकनामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिला सामुदायिक लघुबित्त बित्तिय संस्था बिजौरी शाखा र पशु सेवा शाखा उरहरीको सहकार्यमा बुधबार उक्त शिबिर सञ्चालन गरिएको हो । उक्त शिविरबाट २५ वटा बोकालाई खसी बनाईएको छ, भने एकसय ६२ वटा बाख्रा, तीन वटा गोरु र तीन वटा बंगुरको उपचार गरिएको छ ।
संस्थाका शाखा प्रबन्धक खगा कुमारी भण्डारीको अध्यक्षतातथा वडा नं. १३ का वडासदस्य कमला केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा कार्यक्रमको बारेमा उद्यम बिकास कार्यक्रमका बजार ब्यबस्थापक कमलाकान्त दाहालले प्रष्ट पारेका थिए ।
कार्यक्रममा पशु सेवा शाखा उरहरीका प्राबिधिक शोभा बिष्ट शाही, उद्यम विकास अधिकृत निर्मल चौधरी र माया थापाले पशुहरुको उपचार तथा पशुहरुलाई भ्याक्सिन तथा खोप , जुका, उपिया, भोटेको औषधीले उपचार गरिएको थियो ।