तत्काल मन्त्रीपरिषद हेरफेर नहुनेः मन्त्री बाँस्कोटा
काठमाडौ, ३ कात्तिक । नेकपाकै तर्फबाट मन्त्री बनेकाहरुको काम प्रति असन्तुष्टि जनाउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने तयारी थाल्नुभएको छ । पछिल्ला मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आ आफ्नो मन्त्रालयको काम सुधार गर्न निर्देशन दिँदै आउनुभएको छ । सरकारको गति अनुसार काम नगर्ने मन्त्रीहरुलाई हेरफेर गर्न सकिने संकेत प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठकमा नै गर्नुभएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीआईएनसँग बताउनुभयो । बाँस्कोटाले तत्काल मन्त्रीपरिषद् हेरफेरको सम्भावना कम रहेपनि ढिलो चाँडो केहि मन्त्रीहरु सरकारबाट बाहिरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले राम्रो काम नगर्ने मन्त्रीहरुलाई बारम्बार सचेत गराए पनि सरकारको काममा प्रभावकारिता भने थपिएको छैन ।