ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम, ८ कार्तिक

रुकुम पश्चिमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टर चालक सानिभेरी गाँउपालिका १ का २२ बर्षका महेन्द बिक र सहचालक सोही ठाँउ निवासी २७ बर्षका चन्द्रबहादुर बिकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह बिष्टले चौरजहारी बजारबाट सिमेन्ट लिएर सानिभेरी गाउपालिकाको बुगिचौर जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ । दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर