लिपुलेक मिचिएको नक्सा खारेज गर्नुपर्छ ःथापा
अञ्जना चौधरी
तुलसीपुर, २० कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले सार्बजनिक गरेको नक्सामा नेपालको लिपुलेक मिचिएको भन्दै यो नक्सा खारेज गर्न माग गरेका छन् । उनले भारतले पटक–पटक नेपालको भूमि मिच्ने चेष्टा गर्ने गरको भन्दै यो कार्य निन्दनीय रहेको समेत बताए । उनले भारतको यस्तो कार्यको नेपाल सरकारले तत्काल पहल लिनुपर्ने समेत बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले तुलसीपुरमा आयोजना गरेको चुनाबी घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । साथै उनले अहिलेसम्म कुनै पनि सरकारले समृद्धिकालागि सन्तोषजनक काम गर्न नसकेको बताए ।‘ न त कांग्रेसले आफ्नो कार्यकालमा राम्रो काम गर्न सक्यो, न त अहिले नेकपाले नै राम्रो काम गर्न सकेको छ’ उनले भने‘ यसले मुलुकलाई समृद्धिको मार्गमा लैजान नोक्सान पु¥याएको छ ।’ उनले देशमा भएका यूवाहरुलाई रोजगारीको सृजना हुनुपर्ने समेत बताए ।
साथै उनले पश्चिमी राष्ट्रको दवाव र प्रभावमा परेर केहीे हिन्दु संस्कारलाई समाप्त पार्न खोजेको समेत आरोप लगाए । साथै उनले देशमा भई रहेको विकृति,विसङगती,बेरोजगारी समस्या,शान्ति सुरक्षाको अभावका तथा सरकार भष्ट्राचारमा पसेका कारण जनताहरु सरकारबाट रुष्ट भएको बताए ।
राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा राप्रपा केन्द्रिय उपाध्यक्ष प्रेमबहादुर भण्डारी,नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर जवरा,प्रदेश पाँचका अध्यक्ष प्रदिप कुमार उदय,भुपाल रावत लागाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
केन्द्रिय सदस्य मिना स्वर्णकारले स्वागत गरेको कार्यक्रममा सहजीकरण दामोदर भण्डारीले गरेका थिए ।
३(२) मा रावत
यस्तो राप्रपाले उपनिर्वाचनकालागि उम्मेदवार समेत टुंगो लगाएको छ । सभाले दाङ क्षेत्र नं. ३ को प्रदेशससभा २ कालागि भुपाल रावत र घोराही उपमहानगरपालिका वडा नं १६ को अध्यक्षमा प्रकाश केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।