‘समुदायमा हुने शान्तिले भावनात्मक सम्वन्ध राख्छ’
देविराम कुसारी
गोल्टाकुरी, २९ कात्तिक ।
सामुदायको भावनात्मक विकासका लागि सामुदायिक शान्ति आवश्यक पर्ने दंगीशरण गाउँपालिका वडा नं. २ कौवाघारीमा भएको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
सामुदायकाबीचमा अहिलेपनि केही विमेल देखिएको भन्दै उनीहरुले त्यस्ता समस्या समाधान गर्न सामुदायिक शान्ति आवश्यक रहेको वताएका थिए । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक अवाज ललितपुरको सझेदारीमा भएको सिएमपिआर कार्यक्रम अन्तर्गत भएको शान्ति अभियानका सहभागिले समुदाय स्तरमा हुने शान्तिले नै समुदाय विचको भावनात्मक सम्वन्ध कायम राख्ने वताएका थिए ।
संस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा वडाध्यक्ष तुलसीराम देवकोटा र श्रीप्रसाद चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रमका अन्य सहभागिले समुदाय स्तरमा गरिने क्रियाकलापले खास अर्थ राख्ने वताएका थिए ।
शान्ति स्वयंसेवक विमला कुसारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगी, नेकपाका याशोदा घिमिरे, शान्ति केन्द्र व्यवस्थापन समितिका सदस्य डम्मर खत्री, वडा सदस्य नन्दराम खत्री, निमकुमारी चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा आमा समूहका अध्यक्ष सीता डाँगी, दुजा बुढा, रेखा विक, युवा क्लवका प्रमिला चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शान्तिदुत देविराम कुसारीले गरेका थिए ।