दाङका सबै गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण कार्यक्रम

तुलसीपुर, २५ मंसिर ।

प्रदेश नं. ५ सरकारले दाङका सबै गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु गरेको छ । दाङका दश स्थानीय तहमध्ये सातवटा गाउँपालिका रहेका छन्, ति सबै गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएको हो । गएको आर्थिक बर्षमा बबई, बंगलाचुली र राजपुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन भएकोमा यस बर्ष विस्तार भएर शान्तिनगर, दंगीशरण, राप्ती र गढवा गाउँपालिकामा उक्त कार्यक्रम लागु भएको प्रदेश सदस्य रेवतीरमण शर्माले बताए ।

प्रत्येक गाउँपालिकामा ५२÷ ५२ लाख गरि तीन करोड ५४ लाख बजेट ब्यबस्थापन गरेको उनले बताए । यो कार्यक्रमले गाउँपालिकाका अतिबिपन्न बर्गहरुलाई समेट्ने भन्दै उनले बताए । ‘यस बर्षदेखि दाङका सातवटै गाउँपालिकामा उक्त कार्यक्रम लागु भएको छ’ उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर