प्रदेश ५ ः राजधानी र नाम सर्वसम्मत बनाउने
वुटवल, २ पुस ।
प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन् । बुटवलमा बुधबार आयोजित साक्षात्कारमा उनले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिए । मन्त्री चौधरीले भने ‘राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ ।’
प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताए ।