आयुर्वेदका विद्यार्थीलाई सुझाब ः पढेरमात्रै हँुदैन, व्यवहारमा उतार्नुपर्छ

बेलझुण्डी, ७ पुस ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद बेलझुण्डीका आठौ व्याजका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच सातौै व्याजका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।

छात्र हरीहर देकोटाको अध्यक्षता तथा विश्वविद्यालयका परीक्षा नियन्त्रक निलप्रसाद सापकोटाको प्रमुख आतिथ्य एवं केन्द्रीय आयुर्वेद क्यापसका प्राचार्य तथा रशसास्त्र विभाग प्रमुख प्राध्यापक डा. सुनिल कुमारको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बक्ताहरुले आयुर्वेदको भविष्य उज्ज्वल रहेको बताए । साथै आयुर्वेद पढेका विद्यार्थीहरुले स्थानीय स्तरमा हुने जडिबुटीहरुलाई प्रयोग गरि आयुर्वेद पद्दतिमा उपचार गर्नतर्फ लाग्नुपर्ने बताएका थिए । पढेर मात्रै भन्दा पनि व्यबहारमा लागु गर्नुपर्ने उनीहरुको भनाई थियो । स्थानीय स्तरमा पाईने यार्सागुम्वा, अस्वागन्धा,चन्दन,चिराइतोको प्रयोग गरि उपचार गर्नुपर्ने बताएका हुन् । त्यस अवसरमा उपप्राध्यापक मंलाकान्त झा, उप–प्राध्यापक डा.लक्ष्मेश्वर मण्डल, उप–प्राध्यापक, उप–प्राध्यापक डा.चन्द्र कार्की, डा. सन्तोष खनाल, डा. प्रवीणकुमार झा, डा. प्रतीक्षा मज्गैया, डा. मनोज कुमार अधिकारी, पत्रकार राकेश बस्नेत,लगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी विष्णु पौडेलले गरेका थिए, भने श्रीधर गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर