शहिद स्मृतिमा राष्ट्रपति रनिङ शिल्ड
तुलसीपुर, १८ माघ ।
शहिद स्मृति आवासीय विद्यालयमा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका स्तरीय दोस्रो तथा १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २४ गते उद्घाटन गरिने भएको छ । शहिद स्मृति आवासिय माध्यमिक विद्यालय तुलसीपुर १७ वनकट्टीको आयोजना सम्पन्न हुने कार्यक्रममा कक्षा १२सम्म अध्ययन गर्ने १८ वर्षसम्मका छात्र छात्राहरुले सहभागिता जनाउने पाउनेछन् । प्रतियोगितामा भलिबल, कबड्डी,रिले एक सय मिटर र चार सय मिटर खेल आयोजना गरिएको छ ।प्रतियोगितामा सहभागिताका माघ २३ भित्र विद्यालयहरुले खेलाडीहरुको सम्पूणए विवरण प्रतियोगिता स्थलमा बुझाउनका लागि सचिवालय सदस्य माधव महराले आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा शहिद स्मृति आवासीय विद्यालयको संयोजनमा हुन थालेको प्रतियोगिता २४,२५ र २६ गते तिन दिनसम्म जारी रहनेछ ।