दाङमा सालको रुख पत्ल्याउन शुरु

तुलसीपुर, ३ फागुन ।

दाङमा सालको रुख पत्ल्याउन शुरु गरिएको छ । दाङमा सालवनको हैसियत सुधार गर्न पहिलो पटक डिभिजन वन कार्यालय दाङले विशेष कार्ययोजना बनाएर काम शुरु गरेको हो । डिभिजन बन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीका अनुसार सालका रुख पत्ल्याउन (थिनिङ कार्यक्रम) कालागि पुरुक कार्ययोजना गराएर दाङका १६ वटा सामुदायिक वनको एक सय हेक्टरमा काम शुरु गरिएको उनको भनाई छ ।

सामुदायिक वनले आफ्नो स्वीकृत कार्ययोजना अनुसार वनको संरक्षण, गोडमेल, छटनीकटनी, झाडी सफाई र सदुपयोगको काम बिगतका बर्षहरुदेखि गर्दै आइरहेको थियो । तर वनको आवश्यकता अनुसार पत्ल्याउने काम नभएको हुँदा सालको वनको हैसियतमा सुधार हुन नसकको अवस्थामा वन पत्ल्याउने काम शुरु गरिएको प्रमुख ज्ञवालीको भनाई छ ।

उनका अनुसार वनमा लाथ्रा र पोलको उचित स्टक कायम गरि वोटविरुवाबीच प्रतिस्पर्धा कम गर्दै समग्र वनको वृद्धि गर्नुका साथै गुणस्तरीय वन पैदावार उत्पादनमा टेवा पु¥याउने , वनमा वोटविरुवाको उचित संख्या कायम गरि वनको हैसियतमा सुधार गर्ने, समुदायको वन पैदावारको माग आपुर्ती गर्ने र रोग प्रकोप न्युनीकरण गर्ने तथा साना साइजका सालका रुख (पोल) को वृद्धि विकास गर्न पत्ल्याउने काम शुरु गरिएको हो ।

साल प्रजातीको रुख अधिक प्रकाश चाहिने प्रजाती भएको तथा सानो विरुवालाई उपयुक्त वातावरण दिएर वढाउन भन्दा वढिसकेको वोटविरुवालाई उपयुक्त वातावरण दिदाँ वनलाई चाडै उपल्लो तहमा पु¥याएर छिटो कटान योग्य वनमा परिणत गराउन सहज हुने भएकाले पनि थिनिङ फर्म विलो विधिलाई अवलम्वन गरिएको उनको भनाई छ ।

थिनिङ कार्यक्रमले वनको हैसियत सुधार गर्ने, साइज अनुसार प्रतिहेक्टर हुनुपर्ने रुख कायम गर्ने, राम्रा, गुणस्तरीय र उत्पादनसिल रुख राख्न सहयोग पुग्ने विश्वास डिभिजन वन अधिकृत ज्ञवालीको विश्वास छ ।

दाङका १६ वटा सामुदायिक वनको पत्ल्याउने क्रियाकलाप कार्यान्वयनको पुरक कार्ययोजना बनाई डिभिजन वन अधिकृतबाट स्वीकृतपछि कामको थालन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीे जानकारी दिए ।

सो कार्यक्रम अन्र्तगत फागुन १ गतेदेखि घोराही उपमहानगरपालिकाका अन्र्तगतका बसन्त हरियाली, कालिका र चरिङ्गेदह सामुदायिक वनमा काम शुरु भइसकेको छ । अन्य सामुदायिक वनमा पनि तत्काल काम थालिने सूचना अधिकारी केसी.ले जानकारी दिए । डिभिजन वन कार्यालय दाङका ८ वटा सव डिभिजन कार्यालय अन्र्र्तगत प्रत्येकमा २÷२ वटा गरी १६ वटा सामुदायिकमा थिनिङ कार्यक्रम गर्न लागिएको छ ।

पत्ल्याउने कामका लागि अम्विकेश्वरी सव डिभिजन वन कार्यालय अन्र्तगतका बसन्त हरियाली र कालिका वन समूह, सुनपुर सव डिभिजन अन्र्तगतका चरिङ्गेदह र बसन्तापुर, नारायणपुर सव डिभिजन वन कार्यालय अन्र्तगतका खजुरे र हयिाली सामुदायिक वन समूह, तल्सीपुर सव डिभिजन वन कार्यालय अन्र्तगतका जनता र धारापानी पुरनधारा सव डिभिजन वन कार्यालय अन्र्तगतका मथुरा सल्लिकोट र पनेसुवा सामुदायिक वन, दंगीशरण सव डिभिजन वन कार्यालय अन्र्तगतका हात्तिखाल र राधाकृष्ण सामुदायिक वन समूह र कमिरेचौर सव डिभिजन वन कार्यालय अन्र्तगतका सिद्धमण्डली र मौवालेख सामुदायिक वनमा पत्ल्याउने कार्यक्रम गरिने थिनिङ कार्यक्रम संयोजक सहायक वन अधिकृत बिष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

थिनिङ कार्यक्रमबाट करिव ७० हजारको संख्यामा सानाभाटा, १४ हजार बल्लाबल्ली, १५ हजार क्यू फिट काठ र एक सय चट्टा दाउरा संकलन हुने छ । कार्ययोजनमा भएको प्रावधान अनुसार थिनिङ कार्यक्रमबाट संकलित वन पैदावारहरु उपभोक्ताहरुलाई बिक्रिबितरण गरिने छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर