महरा दाङ आउने
तुलसीपुर, १० फागुन ।
पूर्वसभामुख कृष्णबहादुर महरा फागुन १२ गते दाङ आउने भएका छन् । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महरा मतदातालाई भेटन दाङ आउन लागेका हुन् । उनी दाङ आएपछि जनतासंग आफ्ना कुरा सुनाउने र जनताकै घरमा बास समेत बस्ने भएका छन् ।
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको आरोपमा तीन महिला हिरासतमा बसेका थिए । तर जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष सावित गरेको हो ।
उनी दाङमा एक हप्ता बस्ने स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिए ।