शिक्षक संगठनद्वारा राहत कोषमा सहयोग
तुलसीपुर, २२ चैत ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुर कमिटिले उपमहनगरपालिकाको राहत कोषमा रकम सहयोग गरेको छ । संगठनले शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई पाँचहजार रुपैँया सहयोग गरेको हो ।
उक्त रकम संगठनका अध्यक्ष पूर्ण पुनले प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका हुन् । यस्तो विपतको समयमा सबैले सक्दो सहयोग गर्नुपर्ने भन्दै संगठनका पदाधिकारीहरुको सक्रियतामा उक्त सहयोग गरिएको हो ।