दाङमा पनि लकडाउन अबज्ञा गर्नेलाई ‘स्टिकी क्याच’

तुलसीपुर, २५ चैत ।

दाङमा पनि लकडाउन उल्लंघन गर्नेलाई ‘स्टिकी क्याच’ बाट नियन्त्रण लिन थालिएको छ । सोमबारदेखि वडा प्रहरी कार्यालय दाङले ‘स्टिकी क्याच’बाट नियन्त्रण लिन थालेको हो । जिल्लामा लकडाउन अबज्ञा गर्न थालेपछि यस्तो कार्य अपनाउन थालिएको हो । उक्त ‘स्टिकी क्याच’ वडा प्रहरी कार्यालय आफैले तयार पारेको प्रहरी निरीक्षक दिनेश रेग्मीले बताए ।

त्यसकै प्रयोग गरि दर्जनबढि ब्यक्तिलाई नियन्त्रणमा लिईएको उनले बताए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार सोमबार मात्रै जिल्लाबाट लकडाउन अबज्ञा गर्ने २३ जनालाई नियन्त्रणमा लिएको थियो ।जसमध्ये केहीलाई सम्झाई बुझाई छोडिएको र अटेर गर्ने १२ जनालाई

आबश्यक कारवाहीकालागि नियन्त्रणमा लिईएको छ । सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणकालागि लकडाउन गरेको छ । बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर