पिडित ओली परिवारलाई ओली वंश समन्वय समाज नेपालद्धारा उपचार तथा घर निर्माण गर्ने पतिवद्धता

भुपेश ओली

चैत्र २९ दाङ
गत चैत्र २५ गते तिर एक पिडित ओली परिवारको अति दुःखदायी भिडीयो सामाजिक सञ्जालमा भाइरल बन्दै गयो । भाईरल हुने पिडीत परिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ बस्ती सुनौलीपुरमा अबस्थित भिमवहादुर ओलीको परिवार हो । अहिले भिमबहादुर ओली ६५ वर्षका छन्। करिब २÷३ वर्षदेखी अरुको साहारामा बाहिर भित्र गर्ने गर्दछन्। उनकी श्रीमती ३ वर्ष पहिले नै औषधी उपचार गर्न नसकेर मृत्यु भइसकेको छ । उनकी जेठी छोरी करिब १० वर्ष पहिले नै हराएकी अहिले सम्म भेटिएकी छैनिन्। अरु बाकी ३ बहिनी छोरी घरमै छन् । तर माहिली छोरी पनि रगत वाकी रहन्छीन् । आर्थिक समस्याका कारण औषधी उपचार गर्न पाएकी छैनिन्। साइली र कान्छी छोरी धेरै साना छन्। ३ वर्षकी कान्छी छोरी घर नजिकै आमाको चिहानमा आमालाई सम्झेर रुने गर्छिन । घाम पानी छेक्न नसक्ने सानो झुपडी छ। खानालाई केही छैन लगाउनलाई पुरानो एकसरो कपडा छ । पकाउनलाई भाडाकुडा पनि छैन । यो सबै सुन्दा कथा जस्तो लाग्ने वास्तबिक जिवनमा भिमवहादुर ओलीको परिवारले अहिले सम्म भोगी रहेका थिए । यहाँको भौतिक अबस्था सामाजिक सञ्जालमा अपलोड भएपछि थूर्पै सहयोगी मनहरु सहयोग गर्न भिमबहादुर ओलीको घरमा आउने क्रम जारी छ । यसै अन्तरगत ओली वंश समन्वय समाज नेपालका केन्द्रिय संरक्षक जागेश्वर ओली , प्रदेश न.. ५ संयोजक मिनराज ओली , दाङ जिल्ला अध्यक्ष रेख बहादुर ओली दाङ जिल्ला सचिव कमल ओली , दाङ जिल्ला कोषाध्यक्ष इन्द्रकुमार ओली दाङ जिल्ला सदस्य राजेन्द्र ओली चर्चित दंगाली गायक तिलक ओली दाङ टेलिभिजनका प्रबन्धक भुपेश ओली , हिमालयन टेलिभिजनका दाङ संवाददाता दिपक ओली काे उपस्थित िथयाे भने प्रदेश नं. ५ का सदस्य श्री रिद्धीरसिद्धी ज्वैलर्स तुलसीपुरका प्रोप्राइटर मिनराज ओली ,सुस्मिता ओली , चादनी ओलीले सुत्न विस्ताराकाे लागि कपडा र दैनिक कामकाजमा प्रयोग हुने थुप्रै भाडाहरु सहयोग गर्नुभएको थियो । यसरी धेरै ओली वन्धुत्वको उपस्थितीमा पिडित भिमबहादुर ओली र माइली छोरीको डाक्टरद्धारा चेकजाँच गरीयको छ । साथै बस्नका लागि घर निर्माण छोरीहरुको शिक्षा,स्वास्थ्य लगायतका विषयमा सहयोग गर्ने ओली वंश समन्वय समाज नेपालले प्रतिवद्धता व्यक्त गरेको छ ।
ओली वंन्धू बाहेक अन्य केही व्यक्तित्व हरले पनि सहयोग गर्नुभएको छ। समाजसेवी टोपबहादुर महतराले अत्यावस्यक भाडा कपडाहरु सहयोग गर्नु भएको छ भने अझै आबस्यक सहयोग गर्ने जानकारी दिनुभएको छ । तुलसीपुर विरेन्द्र चोकमा अवस्थित तुलसीराम भाडा पसलका प्रोप्राइटर तुलसीराम गुप्ताले छोरी सुनिता गुप्ता द्धारा भाडा कपडाहरु सहयोग गर्नु भयको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर