कोभिड–१९ : दाङका ६ जनाको ‘¥यापिड टेष्ट’

तुलसीपुर, ५ वैशाख ।

दाङमा शुक्रबार ६ जनाको ¥यापिड टेस्ट गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार शान्तिनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनाको ¥यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । साथै विहीबार घोराहीमा रहेका ४ जनाको ¥यापिड टेष्ट गरिएको हो । उनीहरुको पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

एकजना आइसोलेसनमा रहेका छन्, भने ५६ जना क्वारेन्टाइनमा रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीको कोरोना बिशेष अस्पतालमा एकजना आइसोलेसनमा रहेका छन् । चन्दका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिपकाको क्वारेन्टाइनमा २१ जना, घोराहीमा २ जना, वंगलाचुली गाउँपालिकाका ११ जना, लमही नगरपालिकामा ४ जना, राप्ती गाउँपालिकामा २ जना, राजपुरमा २ जना, शानितनगरमा ६ जना र गढवा गाउँपालिकामा ८ जना रहेका छन् । क्वारेन्टाइनमा रहेकाहरुलाई १४ दिन पछि ¥यापिड टेष्ट गरिन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर