दंगीशरणमा दोस्रो चरणको राहत वितरण सम्पन्न

दिप्तीशिखा चौधरी,

दंगीशरण, १० बुधबार

दंगीशरण गाउापालिकामा दोस्रो चरणको राहत वितरण कार्य सम्पन्न भएको छ । दोस्रो चरणको राहत गाउँपालिका ७ वटै वडाका विपन्न वर्गका नागरिकहरुलाई वितरण गरिएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । जसअन्र्तगत वडा न. १ मा १ सय ६ घरपरिवार, वडा न. २ मा १ सय ७२, वडा न. ३ मा ४१, वडा न. ४ मा ४०, वडा न. ५ मा ५१ जना , वडा न. ६ मा ७० जना, वडा न. ७ मा ५० जना गरी जम्मा ५ सय ३० जना गरीव तथा विपन्न परीवारलाई राहत वितरण गरिएको हो । दोस्रो चरणमा विभीन्न संघसस्ंथा बाट खरीद भएका खाद्म र केहि गाउँपालिकाले खरीद गरेको खाद्म सामग्री संकलन गरि राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो चरणमा गाउँपालिकाको राहत कोषबाट ५ लाख बराबरको खाद्म सामग्री खरीद गरी ७ वटै वडाका २ सय ३० घरपरिवारलाई राहत वितरण गरेको थियो । पहीलो र दोस्रो गरी जम्मा ७ सय ५९ जना घरपरिवारलाई राहत वितरण गरेको विपद ब्यवस्थापन समितीका सयोंजक बालकृष्ण भण्डारीले जानकारी दिएका छन् । यस्तै गाउँपालिकाका अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै नागरीकलाई समस्या परेमा वडा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । “राहत वितरण वडा कार्यालयले गरिरहेको छ त्यसैले दंगीशरणका कुनै पनि नागरीक अप्ठेरोमा पर्नुभएको छ भने वडा कार्यालयमा सम्पर्क राख्नुहोला हामी सहयोग गर्न तयार छौँ ।” अध्यक्ष चौधरीले भने । यसैबिच दाङ निर्माण व्यवसायी संघले पनि गाउँपालिकालाई सहयोग गरेको छ । संघका अध्यक्ष ईश्वर पुनले मंगलबार ४० बोरा चामल राहत स्वरुप गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीलाई हस्तान्तरण गरेका हुन् ।। सञ्चारकर्मी कृष्ण अधिकारीले जानकारी दिएका छन् । ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर