कोभिड –१९ : प्रतिष्ठानमा रहेका ११ जनाको रिपोर्ट नेगेटिभ

दाङ, १४ बैसाख ।

दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर मेसिन जडान भएपछि प्रतिष्ठानमै उनीहरुको स्वाब परीक्षण गरिएको हो । नयाँ मेसिन भएकाले प्रतिष्ठानमा जाँच पछि ‘क्रस म्याच’ कालागि भैरहवा पठाईएको थियो । भैरहवाबाट पनि रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीका अनुसार आइसोलेसनमा रहेका उनीहरुलाई चिकित्सकको सल्लाह वमोजिम डिस्चार्ज गरिनेछ ।

अहिले प्रतिष्ठानमा थप ६ जना आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वाब संकलन कार्य भइरहेको छ । साथै बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालबाट पनि ४ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएको र उनीहरुको स्वाब परीक्षण कार्य भइरहेको डा. भण्डारीले बताईन् । हालसम्म दाङबाट काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर