कोरोना भाइरस : दाङमा ३८ जनाको स्वाब परीक्षण, रिपोर्ट नेगेटिभ
तुलसीपुर, २६ वैशाख ।
दाङमा शुक्रबार कोरोना भाइरस(कोभिड–१९) को आशंकामा ३८ जनाको स्वाब परीक्षण गरिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना बिशेष अस्पताल बेलझुण्डी, राप्ती गाउँपालिका र लमही नगरपालिकाबाट आएका उनीहरुको स्वाब परीक्षण गरिएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले बताए ।