बेलझुण्डी खानेपानी महशुल मिनाहा
तुलसीपुर, ३१ बैसाख ।
तुलसीपुर उपमहानगरपालिकाका चारवडा वडालाइ खानेपानी आपुर्तिगर्दै आएको वेलझुण्डीमा रहेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताले तिर्दै आएको खानेपानी महसुल छुट गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भइरहेको मध्यनजर गर्दै लकडाउन अवधिको एक महिनाको खानेपानी महसुल छुट दिएको संस्थाका अध्यक्ष प्रदीप गौतमले बताए । यो रकम झण्डै.२ लाख हुन आउँछ । संस्थाको बैशाख ३० गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको छ । न्यूनतम र सो भन्दा बढी महसुल आउने सबै महसुल बैशाख महिनाको छुट दिने गरिएको गौतमले जानकारी दिए ।
लकडाउन लम्बिदा आम्दानीका सबै स्रोत बन्द भएको र उपभोक्तामा आर्थिक भार परेको कुरालाई मध्यनजर गरी महसुल छुटको निर्णय गरिएको उनले बताए । बेलझुण्डी खानेपानीमा संस्थामा एक हजार २ सय पचास धारा मध्ये संस्थागत २२ वटा, सार्वजनिक ७२ र एक हजार २ सय २८ ब्यक्तिगत धारा रहेका छन । संस्थागतको मासिक न्यूनमत महसुल ३ सय र ब्यक्तिगत खानेपानी महसुल १ सय रहेको छ ।
बैठकले लकडाउन अवधिभरको विलम्व जरिवाना शूल्क छुट दिने पनि निर्णय गरेको गौतमले जानकारी दिए । खानेपानी संस्थाको यो निर्णयले १४ हजार उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभाम्वित भएका छन ।