बाँकेका ८ जना कोरोना संक्रमितलाई बेलझुण्डी अस्पताल पु¥याइयो
शरद रेग्मी
दाङ, २ जेठ ।
बाँकेको नरैनापुर गाउँपालिकाका आठ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर दाङ स्थित बेलझुण्डी कोरोना अस्पतालमा पु¥याईएको छ ।
उनीहरुलाई शुक्रबार दाङ बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डी पु¥याईएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार एम्बुलेन्स चालक खोज्न कठिन भएको हुँदा एउटै एम्बुलेन्समा राखेर दाङ ल्याईएको हो । उनीहरुलाई बाँकेबाट तीन घण्टामा दाङ पु¥याईएको हो ।
बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा रहेका २५ आइसोलेनस बेड मध्य सबै भरिएको हुँदा शुक्रबार नयाँ थपिएका ८ कोरोना संक्रमितलाई दाङ ल्याईएको हो।