खुकुरी प्रहारको घटनाप्रति युवा संघको आपत्ति
तुलसीपुर, ११ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं १० ठुटीमा भएको खुकुरी प्रहारको घटनाप्रति राष्ट्रिय युवा संघ दाङले आपत्ति जनाएको छ ।
संघका जिल्ला संयोजक देवु बस्नेत र सह–संयोजक माधव वुढाथोकीले एक बिज्ञप्ति जारी गरि संघका जिल्ला नेता घनश्याम पुनका वुवा ४५ बर्षीय पूर्णबहादुर पुन माथि भएको खुकुरी प्रहारको घटनाप्र्रति ध्यानाकर्षण जनाएका हुन् ।
तुलसीपुर ११ निवासी ललित मल्ल ठकुरीको नेतृत्वमा गएको करिब २५ जनाको टोलीले खुकुरी प्रहार गरेको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने समेत माग गरेका छन् ।
साथै विज्ञप्ति मार्फत घाईते पुनलाई शीघ्रस्वास्थ्य लाभको कामना गरिएको छ । घाईते पुनको अहिले कोहलपुरमा उपचार भईरहेको छ । पुनको स्वास्थ्य खतरा मुक्त रहेको छ ।