राप्तीमा फौजी किरा रोकथाम सुरु
तिर्थराज ज्ञवाली
देउखुरी, १३ जेठ ।
राप्तीगाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकीफौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरु गरिएको छ ।
प्रसस्त मात्रामामकैखेतिरहेको राप्तीगाउँपालिका क्षेत्रको वडा नं १, २, ४, ५र ९ मकै खेतिको राम्रो सम्भावना रहेका र सो क्षेत्रमाफौजी किराको प्रकोप देखीनथालेपछि राप्तीगाउँपालिका कृषि प्रसार शाखा बाट किरा रोकथामको लागिकाम सुरु गरिएको प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिए ।
राप्तीगाउँपालिकामा मकै सुपरजोनले सिफारीस गरेका औषधि र कोवरा नामकबायो किटनासक औषधि साथै किङस्टार र कि टोप नामकविषादीतथा स्प्रेयर वडा मार्फत वितरण गरिएको छ ।
लकडाउनको अवस्थामाआवस्यकताअनुसार रोग किरा भगाउनवामार्ने औषधिउपलब्ध गराउननसकिरहेको अवस्थामागाउँपालिकाले कृषकलाई आवस्यकताअनुसार औषधिउपचारको ब्यवस्थाकालागिप्रयास गरिरहेको बताईएको छ ।
यसै विचविकास कोष नर्वेको सहयोगमानामसालिङ विकास केन्द्र ईलामले संचालन गरिरहेको“एकीकृत सामुदायिकविकास परियोजना“ को दाङकार्यक्षेत्रमा पर्ने वडा नं १ र ९का मकै कृषकलाई परियोजनाकालाभान्वित १०० सानाकिसानको करिव १५ हेक्टर जमिनमापुग्ने विषादीगाउँपालिकाको कृषिशाखासंगको समन्वयमावितरण गरिएको छ।
विषाधिको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धि सचेत गराउदैनामसालिङ द्धारा कृषकलाई विषादीवितरण गरिएको छ।
ममै खोति गर्नुभएका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजि किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।