दाङमा १५ जना कोरोना संक्रमित थपिए
तुलसीपुर, १४ जेठ ।
दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रेस बिज्ञप्ति जारी गरि दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १० का ३ जना, घोराही १८ का ४ जना रहेका छन् ।
त्यस्तै लमही नगरपालिका वडा नं. १ का १ जना, २ का २ जना, लमही – ४ का १ जना, लमही–५ का तीन जना र लमही–६ का एक जना रहेका छन् ।
उनका अनुसार घोराही उपमहाननगरपालिका– १० का २४, ४०, ४० वर्षीय पुरुष, वडा नं. १८ का २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।
त्यस्तै लमहीक नगरपालिका वडा नं. १ का २६ वर्षीय , वडा नम्बर २ का १७, ३० वर्षीय, वडा नं. ४ का २६ वर्षीय पुरुष, वडा नं. ५ का २० बर्षीय एक महिला, २० बर्षकै एक पुरुष र २३ बर्षीय पुरुष रहेका छन् ।
वडा नं. ६ का १८ वर्षीय पुरुष रहेका छन् । एक महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका रहेको डा. देवकोटाले जानकारी दिए । यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजेपछि प्रेस ब्रिफिङगरि जानकारी गराउने जनाईएको छ ।