रुकुम घटनाको बिरोध सभा दाङमा पनि
सबिता रोका,
जेठ १५ दाङ ।
नेपाली कांगे्रस भातृ संगठनहरु नेपाल दलित संघ, साविक क्षेत्र नं. ५ र नेपाल दलित बिद्यार्थी संघको आयोजनामा रुकुममा भएको जातिय घटनालाई लिएर बिरोध जनाएका छन । गत जेठ १० गते शनिबार नबराज विक साथीहरुसंग सुस्मा मल्ल ठकुरीलाई बिहे गर्ने उद्देश्यका साथ लिन गएका थिए । दलित भन्दै केटि पक्षका गाउलेहरुले घेरा हाली लखेटेका थिए । त्यसै क्रममा नबराज विक लगाएत ४ जनाको सब फेला परिसकेको छ भने २ जना अझै बेपत्ता छन् । अहिले यो बिषय धेरै चर्चा रहेको बेला दाङबाट पनि बिरोध सभा गरिएको छ । मृतकका परिवारलाई आबस्यक क्षेती पुर्ती दिलाई हत्यामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
उक्त कार्यक्रममा नेपाल दलित संघ जिल्ला कार्य समितीका सह सचिव खिमराज बिक, नेपाल दलित संघ क्षेत्रिय सभापति धुर्ब विश्वकर्मा, क्षेत्रिय उप सभापति मेघराज सोनी, जिल्ला सभापति कल सिं विक लगाएत अन्य कार्य समितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।