घोराही–रक्षाचौर सडक खण्डमा २० करोड
तुलसीपुर, २४ जेठ ।
सरकारले दाङको घोराही–रक्षाचौर सडक खण्डमा २० करोड बजेट छुट्याएको छ । घोराही–तुलसीपुर सडकखण्डको बैकल्पिक रुटका रुपमा रहेको उक्त सडक खण्डकालागि केन्द्रीय सरकारले २० करोड रुपैँया छुट्याएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वलीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार पवनगर–पुरन्धारा सडकलाई बैकल्पिक सहायक राजर्मागको रुपमा विकास गर्नकोलागि समेत २० करोड विनियोजन गरिएको छ ।
यो राजमार्गलाई प्रदेश सरकारले पर्यटन मार्गको रुपमा विकास गर्नको लागि पर्यटनका ठूला पूर्वाधारका काम गरिरहेको छ ।